म्याग्दी समाजका सल्लाहकार तथा ब्याबसायी ओम जुग्जालीबाट म्याग्दी समाजका भलिबल टीमलाई भलिबल युनिफर्म हस्तान्तरण

September 11, 2012

दक्षिण कोरिया खारबी  स्थित चौतारी नेपालका संचालक श्री ओम नारायण जुग्जालीले म्याग्दी समाजका भलिबल टीमलाई  भलिबल युनिफर्म  हस्तान्तरण गर्नु  भएको छ । गुलमी सम्पर्क समितिले गत ९ तारिख आईतबार आयोजना गरेको भलिबल खेल प्रतियोगिता स्थलमा म्याग्दी समाज भलिबल टीम क्याप्टेन झलक आचार्यलाई  हस्तान्तरण गर्नु भएको हो । स्मरणिय रहोस, गत महिनाको १९ तारिख स्याङजा परिवारले आयोजना गरेको भलिबल खेल प्रतियोगिता स्थलमा ब्यबसायी जुग्जालीले म्याग्देली भलिबल टीमलाई आबश्यक नौ सेट भलिबल युनिफर्म उपलब्ध गराई सहयोग गर्ने  घोषणा गर्नु भएको थियो । म्याग्दी समाजका अध्यक्ष भरत तुलाचनको सभापतित्वमा सम्पन्न हस्तान्तरण र खेलाडी भविन्द्र पुनको बिदाई   कार्यक्रमलाई  समाजका सह सचिव कर्ण पाईजाले एक साथ  संचालन गर्नु भएको थियो ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP