कम्पनीबाट उद्दार गरिएका म्याग्देली युवाको स्वास्थ्य स्थिति गम्भिर

December 22, 2012

पांच महिना अगाडी ईपिएस एग्रीकल्चर  भिषा मार्फत कोरिया आई मिनारी ( सब्जी ) फर्मबाट ४ महिनाको प्रयास पशचात अति नाजुक अबस्थामा उद्दार गरिएका  म्याग्दी जिल्ला अर्मन गाविस ३ छिस्बाङका केशव घर्ती मगरको स्वास्थ्य अबस्थामा महिनौ हुंदा समेत  सुधार नआए पछि राजधानी सउल स्थित कोरिया युनिभर्शिटी अस्पतालमा भर्ना गरिएको छ ।  । कम्पनी मालिकले कम्पनीमै रहंदा नजिकको अस्पतालमा चेकअप गराएको रिपोर्ट अनुसार ढाडको रोगले ग्रस्ट भनि  सोहि अनुरुप औषधि उपचार र डाक्टरको सल्लाह अनुसार करिव १ महिना  आराम गर्नु पर्ने सल्लाह मुताविक गर्दा पनि  स्वास्थ्य स्थितिमा सुधार नआए पछि गत हप्ता  देखि समस्याको जरो पत्ता लगाउन पुन: चेकअप गराउनको लागि दोङदेमुन स्थित नेश्नल मेडिकल अस्पतालमा एक्स-रे गराईयो । तर  कारण गम्भिर हुन सक्ने संकेत देखिए पछि गत हप्ता   हेवाडोङ स्थित सउल युनिभर्शिटी अस्पताल र
 कोरिया युनिभर्शिटी अस्पतालमा पुर्याईए पनि दुबै अस्पतालले भर्ना लिन ईन्कार गरे पछि नमस्ते रेष्टुरेण्टबाट सिधै एम्बुलेन्स बोलाई  कोरिया युनिभर्शिटी अस्पतालमा भर्ना गरिएको हो । अस्पतालको पहिलो रिपोर्ट अनुसार ढाडको रोग नभई टिबीले फोक्सो हुंदै हड्डीमा प्रभाव पारि रहेको देखाई दियो । अस्पतालको तर्फबाट अन्य बिरामी संग राख्न नमिल्ने रोग भन्दै हाल दैनिक ४० डलर पर्ने सिंगल बेडमा राखिएको छ । महंगो अस्पतालमा जानु पुर्व बिमा कम्पनीमा ३८० हजार वन तिरेर ईन्सयुरेन्स बनाईएकोले आर्थिक भार केहि कम हुन सक्ने देखिएता पनि अस्पतालमा निक्कै बस्नु पर्ने भएकोले बिरानो भूमिमा आई पुगेका एक जना म्याग्देली भाईलाई सबैको सहयोग अपरिहार्य देखिन्छ । यस कार्यमा करिव दुई हप्ता देखि नमस्ते रेष्टुरेण्टका संचालक श्री लक्षुमन बोगटी ज्युबाट निरन्तर सहयोग भई रहेको छ । बिरामीले कोरियन खाना नखाने भएकोले  करिव दुई हप्ता देखि लगातार रेष्टुरेण्टबाट नेपाली खाना पुर्याई सहयोग गरि रहनु भएको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP