शनिबार आयोजना हुने डान्स पार्टीको तयारी तिब्र रुपमा हुंदै

December 22, 2012

नयां बर्ष २०१३ को सुखद उपलक्ष्यमा म्याग्दी समाज समिति दक्षिण कोरियाले यसै हपताको शनिबार आयोजना गर्न गईरहेको डान्स पार्टीको तयारी तिब्र रुपमा भई रहेको छ । कोरियामा रहेका सम्पूर्ण म्याग्देलीहरु लगायत म्याग्देलीहरुका अति घनिष्ट अन्य जिल्लाका मित्रहरु सहभागि हु सक्ने पार्टीमा नेपाली, हिन्डी,कोरियन गीतहरु बजाईने छ । आकर्षक साउण्ड सिष्टम र लाईटिङहरुको सम्पूर्ण तयारी पूरा भई सकेको छ ।  प्रति टिकट २० हजार वन तोकिएको उक्त कार्यक्रममा राती ११:३० बजे पछि मूल गेट बन्द गरिने हुनाले सहभागि हुनको लागि ११:०० भित्र रेष्टुरेण्ट प्रबेष गरि सक्नु पर्ने छ ।  टिकट बापत, खाना र  कुनै १  ड्रिङसको ब्यबस्था गरिएको छ । थप परिकार चाहाने  ईच्छुक महानुभावहरुले स्व ईच्छाले अर्डर गर्न सक्नु हुने छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP