मृत्युको मुखमा पुगेका एक जना म्याग्देली भाईको स्वास्थ्यमा क्रमिक सुधार, आज दोङदेमुनबाट पुनः बुल्ग्वाङ डोङ अस्पतालमा सारियो

February 22, 2013

क्षय रोगले ग्रष्ट भई हड्डी सम्बन्धि उपचारको लागि राजधानी सउलको दोङदेमुन  स्थित नेश्नल उईरोवनमा गत १ महिना अगाडी स्थाननान्तर गरि जीवन मरणको दोसांधमा उपचार गराई रहेका बिरामी केशब घर्ती मगरको स्वास्थ्यमा केहि सुधार आएपछि बांकी उपचारको लागि बुल्ग्वाङ डोङ स्थित  पुरानै अस्पतालमा आज स्थानान्तर गरिएको छ । हिजो बिहिबार  दोङदेमुन  स्थित नेश्नल उईरोवन अस्पतालको तर्फबाट हड्डीको स्मस्यामा सुधार आएको र  हाल सम्मको बील भुक्तान गरि पुरानै अस्पतालमा लैजान दिएको आदेश अनुसार आज दिनको ४ बजे स्थानान्तर गरिएको हो । 
आज अस्पतालको तर्फबाट  ७० लाख ४० हजारको  बील उपलब्ध गराएकोमा निश्क्रिय रहेको ईन्स्युरेन्सलाई सक्रिय बनाई १४ लाख ओन भुक्तान गरिएको छ । बिरामीको अबस्थामा आएको एकाएक सुधारले मृत्युको मुखमा पुगेका एक जना म्याग्देली भाईले नयां जीवन पाउने सम्भावना बढेर गएको छ । तर अझ अस्पताल उपचार  कम्तीमा ६ महिना भन्दा बढि गर्नु पर्ने भएकोले आगामी दिनहरुमा आउने अस्पताल बील र हाल सम्मको भुक्तान बील पूरा गर्न भने निक्कै मिहेनत गर्नु पर्ने देखिन्छ । स्मर्णिय रहोस बिरामी भाईको नेपालमा २ बर्षको १ छोरा र गत दुई महिना अगाडी एक बच्चा जन्मिएको छ ।
हाल सम्म कति खर्च भयो ?
१.  सुरुमा नेश्नल उईरोवन अस्पतालमा एक्स रे लगायतको चेकअप  खर्च- १००,०००
२. ईन्स्युरेन्स ज्वाईन  खर्च - ३८०,०००
२.कोरिया युनिभर्सिटी अस्पतालको  बील १५,००,०००

३. बुल्ग्वाङ डोङ स्थित सबुक अस्पतालको बील १०,००,०००
४. हड्डी सपोर्टर निर्माण खर्च -३८०,०००
५. नेश्नल उईरोवन अस्पतालको १ महिना उपचार खर्च १४००,०००
हाल सम्म ५० लाख ओनको हाराहारीमा खर्च देखिएको छ । जस्मा नमस्ते रेस्टुरेण्टका मालिक श्री लक्षुमण बोगटी ज्यु मार्फत करिव २० लाख वन खर्च भएको छ  भने नेपाल मगर संघ गणतन्त्र कोरिया र म्याग्दी समाज समिति द.कोरियाको तर्फबाट गत सलनालमा संयुक्त रुपमा उठाईएको चन्दा संकलन बाट १६ लाख र बांकी रकम सापतीबाट समस्या समाधान भई रहेको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP