म्याग्दी समाज समिति दक्षिण कोरियाले म्याग्दीका नव प्रतिभा बिश्वास दगामी मगरको सम्मान गर्ने

January 15, 2014

राजधानी सउलको तोङदेमुन स्थित नमस्ते रेष्टुरेण्टमा जनवरी ३१ तारिखको दिन सम्पन्न हुन गई रहेको म्याग्दी समाज समिति दक्षिण कोरियाको दशौ साधारण सभामा म्याग्दीका उदयीमान नव गायक बिश्वास दगामी मगरलाई साधारण सभा स्थलमा सम्मान गरिने भएको छ । किम्हे माईग्रेन्ट सेन्टरले कोरियाको किम्हे शहरमा जनवरी ३० तारिखको दिन आयोजना गर्न लागेको यो मन त मेरो नेपाली हो भाग २ कार्यक्रममा सहभागि हुन नव गायक बिश्वास दगामी मगर कोरिया आउन लागेका हुन । उनले चर्चित गायीका अन्जु पन्त संग कति खुशी हुन्छु होला जिन्दगीमा तिमी आए, ल्याप्टन बा की दुईटी छोरी लगायतका गीतहरुमा उत्कृष्ट स्वर दिई सकेका छन । हाम्रो लागि हामी नै भन्ने मूल नाराको साथ सम्पन्न हुन गई रहेको समाजको दशौ साधारण सभा तथा सम्मान कार्यक्रममा उपस्थित भई भब्य रुपमा सफल पारि दिनु हुन कोरियामा रहेका सम्पूर्ण म्याग्देली दाजुभाई तथा दिदी बहिनीहरुमा हार्दिक अनुरोध छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP