यसै हप्ताको शनिबार म्याग्दी समाज दशौ कार्य समितिको गठन र पुर्व सचिव बाुराम शर्माको बिदाई गरिने

March 5, 2014

कोरियामा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी समाज समिति दक्षिण कोरियाको दशौं कार्य समिति गठन र पुर्व सचिव तथा सकृय ब्यक्तित्व बाबुराम शर्माको बिदाई कार्यक्रम यसै हप्ताको शनिबार सम्पन्न गरिने भएको छ । गत जनवरी ३१ तारिखको दिन सम्पन्न समाजको दशौ साधारण सभाबाट नयां कार्य समिति चयन हुन नसकेको करिव एक महिना पश्चात यसै हप्ताको शनिबार सांझ सहमतिय स्वरुपको नयां कार्य समिति चयन गर्न लागिएको तीन सदस्सीय निर्वाचन मण्डलका संयोजक भक्त सेरचनले बताउनु भएको छ । सोहि दिन ईपिएस भीसाबाट पांच बर्ष अगाडी कोरिया आई म्याग्दी समाज समितिमा अति सकृय पुर्व सचिव बाबुराम शर्मा आफ्नो कार्य अबधि समाप्त भई स्वदेश प्रस्थान गर्न लाग्नु भएकोले भब्य बिदाई गरिने भएको छ । त्यसकारण, कोरियामा रहेका सम्पूर्ण म्याग्देली दाजुभाई तथा दिदी बहिनीहरुलाई तल उल्यखित स्थान,मिति र समयमा उपस्थित भई दिनु हुन हार्दिक अनुरोध छ ।
स्थानः दुर्गा रेस्टुरेण्ट चोङगाक (चिया)
मितिः २०१४ मार्च ८ तारिख शनिबार ।
समयः सांझ ८ बजे देखि ।
(निर्वाचन मण्डल) म्याग्दी समाज समिति दक्षिण कोरिया ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP