म्याग्दी रनिङ कप २०१४ कास्की परिवारको पोल्टामा, भाग्यशाली चिट्ठाको प्रथम पुरस्कार अनन्त गिरीलाई

June 9, 2014

Bharat Tulachan,Seoul Korea
जुन ८ तारिख आईतबारको दिन म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गरेको प्रतिष्प्रर्धात्मक भलिबल खेल म्याग्दी रनिङ कप २०१४ लाई कास्की परिवारले आफ्नो पोल्टामा पार्न सफल भएको छ । कूल १४ टीमले सहभागिता जनाएको यस प्रतियोगिताको पहिलो चरणमा तनहुं प्रबासी उद्दार समाजले आनसानलाई,कास्की परिवाले म्याग्दी समाज बी लाई,नेपाल मगर संघले सुदुर पश्चिम समाजलाई युनिक भिजनले एसएमटीलाई,म्याग्दी समाज ए ले खोटाङ सेवा समाजलाई र बाग्लुङ सम्पर्क समितले स्याङजा परिवारलाई पछि पार्दै दोश्रो चरणमा प्रबेष गरेका थिए ।
प्रतियोगिताको दोश्रो चरणमा कास्की परिवारले तनहुं प्रवासी उद्दार समाजलाई,नेपाल मगर संघले पर्वत प्रबासी समाजलाई, म्याग्दी समाज समिति ए ले युनिक भिजनलाई र बाग्लुङ सम्पर्क समितिले गुल्मी सम्पर्क समितिलाई पछाडी पार्दै सेमीफाईनल खेलमा पुग्न सफल भए । नेरु करिव एक लाख पुरस्कार सहितको म्याग्दी रनिङ कपलाई आफ्नो पोल्टामा पार्न कम्मर कसेर लागि पर्दै सेमिफाईनल सम्म आई पुगेका कास्की,मगर संघ,म्याग्दी र बाग्लुङ बिच भएको सेमिफाईनल खेलमा कास्की परिवारले नेपाल मगर संघलाई र म्याग्दी समाज समितिले बाग्लुङ सम्पर्क समितिलाई पराजित गर्दै कास्की र म्याग्दी प्रथम उपाधीको नजिक पुगेका थिए । प्रतियोगिताको फाईनल खेलमा कास्की परिवारले म्याग्दी समाज समितिलाई २-० को अन्तरले बिजय हांशिल गर्दै म्याग्दी रनिङ कप २०१४ लाई आफ्नो पोल्टामा पार्न सफल भयो ।
प्रतियोगितामा तेश्रो स्थानको लागि नेपाल मगर संघ र बाग्लुङ सम्पर्क समिति बिच भएको गोला नतिजा अनुसार बाग्लुङ सम्पर्क समितिले तेश्रो स्थान हात पार्न सफल भएको छ । प्रतियोगितामा प्रथम,द्दितिय र तिर्तिय हुने टीमहरुलाई म्याग्दी समाज समिति दक्षिण कोरियाका अध्यक्ष मुक्ती केसीले कप नगद पुरस्कार र प्रमाण पत्र प्रदान गर्नु भयो । त्यस्तै, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष तथा समाजका म्याग्दी समाजका सल्लाहकार भक्त सेरचन, नेपाल मगर संघका बरिष्ठ सल्लाहकार खड्ग पुन र पर्वत प्रवासी सेवा समाजका सल्लाहकार तुल बहादुर पुर्जा  सहितको ३ सदस्सीय निर्णायक मण्डलले म्याग्दी टीमका टीम क्याप्टेन झलक आचार्यलाई उत्कृष्ट खेलाडी घोषणा गर्दै नगद पुरस्कार र प्रमाण पत्र बितरण गरिएको छ ।
त्यस्तै, म्याग्दी रनिङ कप आयोजना स्थलमा समाबेश गरिएको परम्परागत रिङ खेलले दर्शकहरुलाई परम्परागत नेपाली जात्रामा रहेको महशुस गराई दियो भने, म्याग्देली चेली बीना पुन मगरको सारैमा राम्रो बोलको गीतमा गरिएको  नृत्य प्रदर्शनले सुनमा सु गन्ध थपिएको थियो । आयोजनामा करिव पांच सय भन्दा बढिको उपस्थित रहेको भलिबल फ्यानहरुले चुट्के र झ्याउरे भाकाका ठेट नेपाली गीतहरुले गुन्जायमान हलमा सेलरोटी लगायतका थुप्रै मिष्ठान्न परिकारहरुको स्वाद लिदै म्याग्दी रनिङ कप २०१४ को अवलोकन गरेका थिए
कार्यक्रमको अन्तमा प्रथम पुरस्कार ल्यापटप रहेको भाग्यशाली चिट्ठाको नतिजा घोषणा गरिएको थियो । जस्मा प्रथम पुरस्कार म्याग्दी समाजका उपाध्यक्ष अनन्त गिरीलाई परेको छ । आईतबार सम्पन्न म्याग्दी रनिङ कपको पुरस्कार बितरण समारोहमा खोलिएको भाग्यशाली चिट्ठाको नतिजा यस प्रकार रहेको छ -
सान्त्वना पुरस्कार- ००१८१४ बिमल पुन
सान्त्वना पुरस्कार- ०००६९४ कपिल
सान्त्वना पुरस्कार-००१८२२ हेम
तिर्तिय पुरस्कार- ०००१७३ अमित
दोश्रो पुरस्कार- १७६३ बिजय कार्की
पहिलो पुरस्कार- ०००५४६ अनन्त गिरी
 
भाग्यशाली चिट्ठामा बिजयी भई पुरस्कार प्राप्त नगर्नु भएका महानुभावहरुले म्याग्दी समाज समिति दक्षिण कोरियाका पदाधिकारीहरु संग बढिमा एक महिना भित्र सम्पर्क गर्नु हुन हार्दिक अनुरोध गरेको छ । अध्यक्ष-०१० ३०७३ ७३१९

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP