धवलागिरी हाईड्रो पावरका अध्यक्ष कोरियामा, म्याग्दी खोला जलबिधुत आयोजना र लगानी सम्बन्धी सेमिनारको आयोजना हंदै,

November 5, 2015



भरत तुलाचन,सउल

म्याग्दी जिल्लाको देविस्थान र ताकमको सिमा क्षेत्रमा निर्माण हुन लागेको जिल्लाकै चर्चित २५ मेगावाटको जलविद्युत आयोजनामा लगानी सम्बन्धि सेमिनारमा सहभागि हुन धवलागिरी हाइड्रो प्रा.लि का अघ्यक्ष प्रमोद श्रेष्ठ सहितको प्रतिनिधि टोली कोरिया आई पुगेको छ ।
नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य समेत रहनु भएका श्रेष्ठ सहितको टोलीले यसै आईतबार कोरियामा रहेका म्याग्देली तथा गैर म्याग्देली प्रवासी नेपालीहरु संग आयोजनाका वारेमा बृहत छलफल गर्न कोरिया आइपुगेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभएको छ । म्याग्दीकै गौरवका रुपमा हेरिएको आयोजनालाई सफलरुपमा सम्पन्न गर्नका लागि प्रवासी म्याग्देली लगायत अन्य नेपालीहरुको लगानी जुटाउन उहाँ यहाँ आउनुभएको हो । उहाँले आयोजनाले म्याग्दीकै विकासको ढोका खोल्ने दावी गर्नुभएको छ ।
जिल्लामा हाल सम्मकै सबभन्दा ठूलो २५ मेघावाटको यस महत्वकांक्षी आयोजना दरबाङ बजार देखि दुई किलो मिटर माथि देविस्थान र ताकम धारापानी जाने फेदीखोलामा बाँध बाधेर ५ किलोमिटर टनेल हँुदै दरबाङ र बावियाचौर गाविसको सिमानामा अवस्थित सहश्रधाराको रातोढुंगामा १ सय मिटर अग्लो हेडका साथ पावर हाउस निर्माण हुनेछ । प्रारम्भिक ३ अर्व ९३ करोड रुपैयाँ कुल लागत रहेको यस आयोजनालाई लक्षित गर्दै तय गरिएको यस सेमिनारलाई आयोजना सम्बन्धि पूर्ण जानाकारी र सुरक्षित लगानीको सु अवसरको रुपमा हेरिएको छ । सेमिनारमा सहभागि भई दिनुहुन कोरियामा रहनु भएका सम्पूर्ण म्याग्देली तथा गैर म्याग्देलीहरुलाई म्याग्दी जिल्लाका बैदेशिक लगानी सम्बन्धि कोरिया प्रतिनिधि बिनोद कुंवरले हार्दिक अनुरोध गर्नु भएको छ । 



स्थान: दुर्गा रेष्टुरेण्ट

मिति : ८ डिसेम्बर २०१५ (यसै आईतबार)

समय: दिनको २ बजे ।

म्याग्दी समाज समिति दक्षिण कोरियाले स्वागत कार्यक्रमको आयोजना गर्दै

      म्याग्दी समाज समिति दक्षिण कोरियाले नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य तथा धवलागिरी हाङड्रो पावरका अध्यक्ष  प्रमोद श्रेष्ठ सहितको प्रतिनिधि टोलिको सम्मानमा स्वागत कार्यक्रमको आयोजना गर्न गई रहेको छ । कोरियामा पाल्नु हुने म्याग्देली बिशिष्ट ब्यक्तित्वहरुको सम्मानमा आयोजना गरिने स्वागत कार्यक्रमलाई निरन्तरता दिंदै अध्यक्ष श्रेष्ठ सहितको प्रतिनिधि टोलिको सम्मानमा स्वागत कार्यक्रमको आयोजना गर्न लागिएको हो । राजधानी सउल स्थित दुर्गा रेष्टुरेण्टमा आयोजना गर्न गई रहेको बिशिष्ट ब्यक्तित्वहरुको स्वागत कार्यक्रममा सहभागि भई दिनुहुन कोरियामा रहनु भएका सम्पूर्ण म्याग्देलीहरुलाई समाजका अध्यक्ष मुक्ति केसीले अनुरोध गर्नु भएको छ ।
मिति- नोभेम्बर २०१५ ( आइतबार)
स्थान - दुर्गा रेस्टुरेंट (अण्डर ग्राउण्ड )
समय - १२ बजे

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP