दरबाङ म्याग्दी खोला जल बिद्युत आयोजनामा कोरियामा रहेका म्याग्देलीहरु लगानी गर्न आतुर

November 9, 2015



जिल्लाको पश्चिम म्याग्दीमा निर्माण हुन लागेको २५ मेगावाट क्षमताको दरवाङ म्याग्दी खोला जलविद्युत आयोजनामा कोरियामा रहेका म्याग्देलीहरुले लगानी गर्ने इच्छुक रहेको बताएका छन् । ८ तारिख आईतबार धौलागिरि हाइड्रो प्रा.लिका अध्यक्ष प्रमोद कुमार श्रेष्ठ सहितको एक टोली र कोरियामा रहेका म्याग्देली तथा अन्य प्रवासी नेपालीहरु बिच सम्पन्न अन्तर्कृया कार्यक्रम मार्फत कोरियामा रहेका अधिकांश म्याग्देली तथा अन्य प्रवासी नेपालीहरुले लगानी गर्न सकिने बताएका हुन । अन्तर्कृया कार्यक्रम मार्फत अध्यक्ष श्रेष्ठले आयोजनाको हाल सम्मको प्रगति तथा आगामी दिनमा हुने गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो । साथै उहांले जिल्लामा जलविद्युतको संभावना र चुनौतीका वारेमा समेत जानकारी गराउदै यस आयोजनाको लागि सन २००९ देखि निरन्तर रुपमा लागि परेको र हाल निर्माण शुरुवाती चरणमा रहेको जानाकारी गराउनु भयो । आयोजना स्थलमा देखिएको स्थानिय वासीहरुको माग र केहि अबरोधहरुलाई वार्ताबाट समाधान गरि आयोजनालाई निर्धारित समयमै सम्पन्न गरिने समेत बताउनुभयो ।
कार्यक्रममा एनआरएन आईसीसी सदस्य एवम् म्याग्दी प्रवासी नेपाली संघ आईसीका बरिष्ठ उपाध्यक्ष विनोद कुँवरले जिल्लामा लगानी भित्राउन प्रवासी म्याग्देली सक्रिय भएर लाग्ने बताउनुभयो । उहाँले जिल्लामा रोजगारको सृजना भए समृद्ध म्याग्दी बन्ने भएकाले पनि उत्पादनमुखी क्षेत्रमा लगानी गर्न समेत अनुरोध गर्नुभएको थियो । त्यस्तै नेपाल आदिवासी जनजाति महासंघ कोरियाका पुर्व अध्यक्ष तथा समाजका सल्लाहकार भक्त सेरचनले हाईड्रो पावरमा लगानी गर्नु सेना वा जागिरबाट अवकाश प्राप्त पछि पाईने पेन्सनकै रुपमा लिन सकिने बारेमा चर्चा गर्दै सुरक्षित लगानीको लागि बिस्वशनियताको आधार आबश्यक रहनु पर्ने बताउनु भयो ।
 जिल्लाकै  बहुचर्चित यस आयोजना बाट बार्षिक ९० करोड रुपैयाँ सम्म आम्दानीको अनुमान गरिएको छ ।दरबाङ देखि २ किलोमिटर माथी ताकम धारापानी जाने भेदीमा बाँध बाँधेर ५ किमी टनेल हुदै दरबाङ र बावियाचौरको सिमानामा अवस्थित सहश्रधारा रातोढुंगामा १ सय मिटर अग्लो हेडका साथ पावर हाउस बनाईने छ। करिव ४ सय करोडको लागत अनुमान गरिएको जलविद्युतका लागि संस्थापक शेयर खुल्ला गरिएको छ ।

धौलागिरी हाईड्रो पावर प्रा.लि.का अध्यक्ष सहितको प्रतिनिधि मण्डलको स्वागत तथा सम्मान कार्यक्रम भब्य रुपमा सम्पन्न



म्याग्दी समाज समिति दक्षिण कोरियाले नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य तथा धवलागिरी हाङड्रो पावरका अध्यक्ष  प्रमोद श्रेष्ठ सहितको प्रतिनिधि टोलिको सम्मानमा आयोजित स्वागत कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । ८ तारिख आईतबार राजधानी सउलको दुर्गा रेष्टुरेण्ट नजिकैको रहेको बिशेष सभा हलमा दरबाङ-म्याग्दी खोला जल बिद्युत आयोजनाको लगानी सम्बन्धि अन्तकृया कार्यक्रममा सहभागि हुन पाल्नु भएका बिशिष्ट ब्यक्तित्वहरुको सम्मानमा समाजको तर्फबाट  सम्मान तथा स्वागत कार्यक्रमको आयोजना गरिएको हो । समाजका अध्यक्ष मुक्ति केसीको सभापतित्व र एन आर एन आई सिसी सदस्य तथा समाजका सल्लाहकार बिनोद कुंवरको प्रमुख आतिथ्यमा सम्पन्न स्वागत कार्यक्रममा समाजका बरिष्ठ सल्लाहकार भक्त सेरचन,एन आर एन आई सिसी सदस्य बिनोद कुंवर,  पुर्व अध्यक्ष तथा सल्लाहकार नर बहादुर पुन र सल्लाहकार तथा एन आर एन बरिष्ठ उपाध्यक्ष ओम जुग्जाली, छन्त्याल समाजका कावा अध्यक्ष अमर छन्त्याल, काभ्रे सम्पर्क समितिका पुर्व अध्यक्ष याम श्रेष्ठ लगायतका ब्यक्तित्वहरुले म्याग्दी जिल्लामा निर्माण हुन लागेको बहु चर्चित जल बिद्युत आयोजनाको पूर्ण सफलताको कामना गर्दै लगानी सम्बन्धि आ-आफ्नो धारणाहरु राखेका थिए  भने पुर्ब अध्यक्ष तथा समाजका संरक्षक भरत तुलाचनले म्याग्दी समाज कोरियाको बारेमा संक्षिप्त जानाकारी गराए । सह-सचिव कृष्ण खड्काले कुशल ढंगले संचालन गरेका स्वागत कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई बरिष्ठ उपाध्यक्ष आलोक बानियाले स्वागत गरेका थिए ।

धवलागिरी हाईड्रो पावरका अध्यक्ष कोरियामा, म्याग्दी खोला जलबिधुत आयोजना र लगानी सम्बन्धी सेमिनारको आयोजना हंदै,

November 5, 2015



भरत तुलाचन,सउल

म्याग्दी जिल्लाको देविस्थान र ताकमको सिमा क्षेत्रमा निर्माण हुन लागेको जिल्लाकै चर्चित २५ मेगावाटको जलविद्युत आयोजनामा लगानी सम्बन्धि सेमिनारमा सहभागि हुन धवलागिरी हाइड्रो प्रा.लि का अघ्यक्ष प्रमोद श्रेष्ठ सहितको प्रतिनिधि टोली कोरिया आई पुगेको छ ।
नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य समेत रहनु भएका श्रेष्ठ सहितको टोलीले यसै आईतबार कोरियामा रहेका म्याग्देली तथा गैर म्याग्देली प्रवासी नेपालीहरु संग आयोजनाका वारेमा बृहत छलफल गर्न कोरिया आइपुगेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभएको छ । म्याग्दीकै गौरवका रुपमा हेरिएको आयोजनालाई सफलरुपमा सम्पन्न गर्नका लागि प्रवासी म्याग्देली लगायत अन्य नेपालीहरुको लगानी जुटाउन उहाँ यहाँ आउनुभएको हो । उहाँले आयोजनाले म्याग्दीकै विकासको ढोका खोल्ने दावी गर्नुभएको छ ।
जिल्लामा हाल सम्मकै सबभन्दा ठूलो २५ मेघावाटको यस महत्वकांक्षी आयोजना दरबाङ बजार देखि दुई किलो मिटर माथि देविस्थान र ताकम धारापानी जाने फेदीखोलामा बाँध बाधेर ५ किलोमिटर टनेल हँुदै दरबाङ र बावियाचौर गाविसको सिमानामा अवस्थित सहश्रधाराको रातोढुंगामा १ सय मिटर अग्लो हेडका साथ पावर हाउस निर्माण हुनेछ । प्रारम्भिक ३ अर्व ९३ करोड रुपैयाँ कुल लागत रहेको यस आयोजनालाई लक्षित गर्दै तय गरिएको यस सेमिनारलाई आयोजना सम्बन्धि पूर्ण जानाकारी र सुरक्षित लगानीको सु अवसरको रुपमा हेरिएको छ । सेमिनारमा सहभागि भई दिनुहुन कोरियामा रहनु भएका सम्पूर्ण म्याग्देली तथा गैर म्याग्देलीहरुलाई म्याग्दी जिल्लाका बैदेशिक लगानी सम्बन्धि कोरिया प्रतिनिधि बिनोद कुंवरले हार्दिक अनुरोध गर्नु भएको छ । 



स्थान: दुर्गा रेष्टुरेण्ट

मिति : ८ डिसेम्बर २०१५ (यसै आईतबार)

समय: दिनको २ बजे ।

कोरियामा पहिलो पल्ट म्याग्देली महिला भलिबल, आयोजनामा उत्कृष्ट खेल प्रर्दशन

October 14, 2015



भरत तुलाचन ,सउल
कोरियाली भूमिमा सम्भवत: पहिलो पल्ट भलिबल खेलको शुरुवात गरेको म्याग्दी समाज समिति दक्षिण कोरियाले अब्बल दर्जाका म्याग्देली महिला भलिबल टीम बनाएर हाल सम्मकै उत्कृष्ट खेल प्रर्दशन गर्दै सफलता हांशिल गर्न सफल भएको छ । गत अक्टुबर ११ तारिख आईतबार युनिक भिजन ग्रुपको आयोजनामा सम्पन्न पुरुष भलिबल रनिङ कप २०१५ मा समाबेश गरिएको महिला भलिबल खेलमा सम्भवत: पहिलो पल्ट म्याग्देली महिला भलिबल टीमले उत्कृष्ट खेल प्रर्दशन गरेको हो । नेपाल मगर संघ र म्याग्दी समाज गरि जम्मा २ टीमको  सहभागिता रहेको शो म्याचमा दुबै टीम बिच कडा प्रतिष्प्रर्धा भएको थियो । म्याग्देली महिला भलिबल टीम बिजयी बनेको उक्त शो म्याचले आयोजनामा उपस्थित सम्पूर्ण दरशकहरुलाई अति आकर्शित र रोमान्चित बनाएको थियो भने म्याग्देली महिला भलिबलको खेल कौशलले उपस्थित दर्शकहरुको मन सहजै जित्न सफल भएको थियो । बिजयी म्याग्देली महिला भलिबल टीमले नगद २ लाख वन र प्रमाण पत्र हात पारेको छ । टीममा  चित्रा पुन(टीम क्याप्टेन- म्याग्दी,नांगी) पोबित्रा छन्त्याल (म्याग्दी,गुर्जा) मनिका थापा (ताकम) राम देबी पाईजा (म्याग्दी वाखेत) सिता पुन (म्याग्दी राम्चे) ज्ञानु केसी (म्याग्दी,दरबाङ) दिक्षा गर्बुजा (म्याग्दी,बेनी) रिता केसी (म्याग्दी,सिंगा) सबिना पुन (म्याग्दी,दरबाङ) संन्जिता गुरुङ (म्याग्दी,दरबाङ) हिरा माया गर्बुजा (म्याग्दी,बेग) रहेका छन ।  आयोजनामा सहभागि म्याग्देली पुरुष भलिबल टीमलाई भने सेमिफाईनल खेलमा स्याङजा परिवार संगको चर्को प्रतिष्प्रर्धाले फाईनलमा पुग्न बन्चित बनाएको  थियो । म्याग्दी समाजका अध्यक्ष मुक्ति केसीले आगामी दिनमा म्याग्देली महिला भलिबल टीमलाई अझ सशक्त बनाउंदै अगाडी लैजाने बताउनु भयो ।

म्याग्दी रनिङ कप २०१४ कास्की परिवारको पोल्टामा, भाग्यशाली चिट्ठाको प्रथम पुरस्कार अनन्त गिरीलाई

June 9, 2014

Bharat Tulachan,Seoul Korea
जुन ८ तारिख आईतबारको दिन म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गरेको प्रतिष्प्रर्धात्मक भलिबल खेल म्याग्दी रनिङ कप २०१४ लाई कास्की परिवारले आफ्नो पोल्टामा पार्न सफल भएको छ । कूल १४ टीमले सहभागिता जनाएको यस प्रतियोगिताको पहिलो चरणमा तनहुं प्रबासी उद्दार समाजले आनसानलाई,कास्की परिवाले म्याग्दी समाज बी लाई,नेपाल मगर संघले सुदुर पश्चिम समाजलाई युनिक भिजनले एसएमटीलाई,म्याग्दी समाज ए ले खोटाङ सेवा समाजलाई र बाग्लुङ सम्पर्क समितले स्याङजा परिवारलाई पछि पार्दै दोश्रो चरणमा प्रबेष गरेका थिए ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP