म्याग्दी समाज समिति दक्षिण कोरिया द्वारा नव प्रतिभा बिश्वास दगामी मगरको भब्य सम्मान

February 2, 2014

किम्हे माईग्रेन्ट सेन्टरले कोरियाको किम्हे शहरमा जनवरी ३० तारिखको दिन आयोजना गरेको यो मन त मेरो नेपाली हो भाग २ कार्यक्रममा सहभागि हुन आई पुगेका म्याग्दीका नव गायक बिश्वास दगामी मगरलाई राजधानी सउलमा भब्य सम्मान गरिएको छ । म्याग्दी समाज समिति दक्षिण कोरिया द्वारा आयोजित संस्थाको दशौ साधारण सभा मार्फत नव गायक बिश्वास दगामी मगरलाई सम्मान गरिएको हो । उनलाई म्याग्दी समाजका निवर्तमान अध्यक्ष भरत तुलाचनले सम्मान पत्र र खाडा ओदयाएर सम्मान गरेका थिए ।  कार्यक्रममा उपस्थित म्याग्देलीहरुबाट उनको उत्तरोत्तर प्रगतिको कामना सहित आर्थिक संकलन गरि हस्तान्तरणगरिएको थियो ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP