कोरियामा पहिलो पल्ट म्याग्देली महिला भलिबल, आयोजनामा उत्कृष्ट खेल प्रर्दशन

October 14, 2015



भरत तुलाचन ,सउल
कोरियाली भूमिमा सम्भवत: पहिलो पल्ट भलिबल खेलको शुरुवात गरेको म्याग्दी समाज समिति दक्षिण कोरियाले अब्बल दर्जाका म्याग्देली महिला भलिबल टीम बनाएर हाल सम्मकै उत्कृष्ट खेल प्रर्दशन गर्दै सफलता हांशिल गर्न सफल भएको छ । गत अक्टुबर ११ तारिख आईतबार युनिक भिजन ग्रुपको आयोजनामा सम्पन्न पुरुष भलिबल रनिङ कप २०१५ मा समाबेश गरिएको महिला भलिबल खेलमा सम्भवत: पहिलो पल्ट म्याग्देली महिला भलिबल टीमले उत्कृष्ट खेल प्रर्दशन गरेको हो । नेपाल मगर संघ र म्याग्दी समाज गरि जम्मा २ टीमको  सहभागिता रहेको शो म्याचमा दुबै टीम बिच कडा प्रतिष्प्रर्धा भएको थियो । म्याग्देली महिला भलिबल टीम बिजयी बनेको उक्त शो म्याचले आयोजनामा उपस्थित सम्पूर्ण दरशकहरुलाई अति आकर्शित र रोमान्चित बनाएको थियो भने म्याग्देली महिला भलिबलको खेल कौशलले उपस्थित दर्शकहरुको मन सहजै जित्न सफल भएको थियो । बिजयी म्याग्देली महिला भलिबल टीमले नगद २ लाख वन र प्रमाण पत्र हात पारेको छ । टीममा  चित्रा पुन(टीम क्याप्टेन- म्याग्दी,नांगी) पोबित्रा छन्त्याल (म्याग्दी,गुर्जा) मनिका थापा (ताकम) राम देबी पाईजा (म्याग्दी वाखेत) सिता पुन (म्याग्दी राम्चे) ज्ञानु केसी (म्याग्दी,दरबाङ) दिक्षा गर्बुजा (म्याग्दी,बेनी) रिता केसी (म्याग्दी,सिंगा) सबिना पुन (म्याग्दी,दरबाङ) संन्जिता गुरुङ (म्याग्दी,दरबाङ) हिरा माया गर्बुजा (म्याग्दी,बेग) रहेका छन ।  आयोजनामा सहभागि म्याग्देली पुरुष भलिबल टीमलाई भने सेमिफाईनल खेलमा स्याङजा परिवार संगको चर्को प्रतिष्प्रर्धाले फाईनलमा पुग्न बन्चित बनाएको  थियो । म्याग्दी समाजका अध्यक्ष मुक्ति केसीले आगामी दिनमा म्याग्देली महिला भलिबल टीमलाई अझ सशक्त बनाउंदै अगाडी लैजाने बताउनु भयो ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP