म्याग्दी समाज, अधूरो योजना र नयां रणनितिहरु

March 30, 2012

 भरत तुलाचन-
अध्यक्ष,म्याग्दी समाज समति
भुपु अध्यक्ष स्वर्गिय बिरु रोकाको निधन संगै सुरु भएको सन २०११ रुपि कालो बर्ष म्याग्दी समाज समिति दक्षिण कोरियाको लागि अभिशाप बन्न पुग्यो । तीन जना समाजका अति सकृय सदस्यहरुलाई बिना कारण स्वदेश फर्काई दियो । म्याग्दी अस्पतालको लागि अत्याबश्यक आकस्मिक कक्ष निर्माण गर्ने महान् लक्षका साथ बर्षौको पर्खाई पश्चात आयोजना गरिएको म्याग्देली सांगितिक सौगात नामक बृहत सांस्कृतिक कार्यक्रमबाट ठूलो असफलता बेहोर्नु पर्यो । कोरियाली भूमिमा भलिबल खेलको लागि जन्मदाता मानिएको म्याग्दी समाज सहभागि भएका हरेक खेलहरु संतोषजनक हुन सकेन , बर्षको उत्तरार्धमा निर्दोष म्याग्देली चेलीले कम्पनी दुर्घटनामा परि संधैको लागि दुबै हात गुमाईन । समाजका हरेक कृयाकलापहरुमा शिथिलपन आई समाज प्रति आशा जगाएका म्याग्देलीहरुमा ठुलो नैराश्यता छायो । बहस होईन बिबादले स्थान पायो । जे गर्यो, कालो बर्षले गर्यो । आखिर हामी नै थियौं कालो बर्षका जिम्मेवारहरु ।
                                              कोरियामा रहेका म्याग्देलीहरुको कालो बर्ष २०११ लाई जेनटेन लखेट्दै नव बर्ष २०१२ को सुरुवात भएको छ । तैपनि नवौं कार्य समितिको लागि समेत बाटो भने त्यति सहज देखिन्न । जे होस, २०१२ को सुरुवात र नयां कार्य समितिको गठन पश्चात आकस्मिक कक्षको निर्माण कार्यलाई पहिलो प्राथमिकता दिंदै केहि समयको शिथिलताबाट मुक्त हुने प्रयास गरिएको छ । क्रमश:‍‍‍‍....................
 दुर्घटनामा परेकी म्याग्देली चेलीको लागि संतोषजनक रुपमा आर्थिक संकलन गरि हस्तान्तरण गरि सकिएको छ । जुन सहयोग रकममा थरथाप गर्दै एका पट्टिको कृतिम हात सम्म राख्न सकिएको छ । जस्ले ती चेलीलाई साहारा बिहिन अबस्थामा समेत सहयोगी भूमिका खेल्ने छ । यसलाई हामीले पहिलो उपलब्धिको रुपमा ल्याएका छौं । गत बर्ष देखि कमजोर देखिएको म्याग्देली भलिबललाई यो बर्षमा नयां भित्रिएका नव प्रबेषी म्याग्देली खेलाडीहरुको समेत सहभागितामा नयां रणनिति अबलम्बन गर्दै खेलमा सुधार ल्याउने प्रयास स्वरुप बिबिध तयारीहरु भईरहेका छन ।
                                     आर्थिक अभावले गर्दा फलामको च्युरा बनेको म्याग्दी अस्पतालको आकस्मिक कक्षको निर्माण कार्यलाई पूरा गर्ने अठोटका साथ अर्थ संकलनको सरल माध्यम स्वरुप चिनो म्याग्देली लोट्टेरी प्रवासी म्याग्देलीहरु माझ ल्याईएको छ । म्याग्दी रनिङ कप २०१२ को आयोजना हुने दिन खोलिने उक्त लोट्टेरीनै आकस्मिक कक्षको निर्माण सम्पन्न गर्न सक्ने शसक्त माध्यम बन्न सक्छ । तर सम्पूर्ण म्याग्देलीहरुको सहयोग बिना पु्र्णतया अधुरै रहने छ । त्यसको अलावा म्याग्दी रनिङ कपलाई मिनी म्याग्दी महोत्स्वबको रुपमा बिकसित गर्दै आम्दानीको श्रोटहरुलाई बृद्दि गराउने नयां सोंचहरु भई रहेका छन । कोरियाका कृयाशिल संघसंस्थाहरु संग हातेमेलो गर्दै हरेक म्याग्देलीहरुको सेवामा समर्पित म्याग्दी समाज समिति दक्षिण कोरियाको नवौं कार्य समितिले तयार गरेको भावि रणनिति र रुपरेखाहरुमा हो मा हो र कांढमा कांढ मिलाई साथ दिनु हुन सम्पूर्ण म्याग्देलीहरुमा  हार्दिक बिनम्र अनुरोध छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP